‘आप्पा’ र ‘कीर्तिपुर’ आज शुक्रवार प्रदर्शनमा

आज शुक्रवार दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। ‘आप्पा’ र ‘कीर्तिपुर’ आजबाट एकसाथ प्रदर्शनमा आएका हो।

चलचित्र ‘आप्पा’ अनमोल गुरुङले निर्देशन गरेको चलचित्र हो भने ‘कीर्तिपुर’लाई प्रदीप खड्गीले निर्देशन गरेका हुन्।’आप्पा’ बुुवा र छोराको कथा र ‘कीर्तिपुर’ ऐतिहासिक घटनाक्रमलाई समेटेको चलचित्र हो ।

आप्पामा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अलोना कबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की मुख्य भूमिकामा छ भने कीर्तिपुरमा मुख्य भूमिकामा अधिकांश नयाँ अनुहार छ।