आन्द्रेस इनिएस्टाको त्यो ‘ला क्रोक्वेटा’ स्किल मुभ

विपक्षी खेलाडीहरूको समूहको घेरामा हुँदा खेलाडीले ड्रीबल गर्दै बललाई कडा अवस्थाबाट बाहिर लागेको हेर्न जस्तो अविश्वसनीय सन्तोषजनक कुरा फुटबलमा केहि छैन र आन्द्रेस इनिएस्टा विशेष गरी आफ्नो यहि कौशलको लागि प्रसिद्ध छन्।

बार्सिलोनामा १६ बर्षको दौडान, उनले विश्व फुटबलमा जित्न सक्ने सबै कुरा जिते। उनले आफ्नो क्यारियरमा ‘ला क्रोक्वेटा’ नामक स्किल मुभ धेरै प्रयोग गर्ने गर्थे। उक्त स्किल मुभ बललाई एउटा खुट्टाबाट अर्कोमा दिएर ड्रीबल गर्दै अघि बढ्नु हो।

यद्यपि यो अधिक साधारण स्किल मुभ मध्ये एक भए पनि इनिएस्टाले यसको प्रयोग गरेको देख्न पाउँदा फुटबल फ्यानहरु प्रभावित हुने गर्थे।

उनले ला क्रोक्वेटाको प्रयोग गर्दै विपक्षी खेलाडीलाई पछि पार्थे भने बल्ल अघि लग्न उनि सफल हुन्थे।

‘ला क्रोक्वेटा’ इनिएस्टाकोको एक ट्रेडमार्क मुभ थियो। उक्त स्किल मुभ उनले आविष्कार नगरे पनि आधुनिक फुटबलमा ‘ला क्रोक्वेटा’लाई पुनः लोकप्रिय बनाएको धेरैको विश्वास छ।