आत्माघाती गोलसंगै आर्सनल पराजित

एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा आर्सनल एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा गोलकिपर बर्नार्ड लिनोले आत्मघाती गोल गरेपछि आर्सनल स्तब्ध भएको हो ।

खेलको ७६ औं मिनेटमा एभर्टनका रिचार्लीसनको क्रस बल नियन्त्रण लिने क्रममा गोलकिपर लिनोले आफ्नै पोस्टमा गोल गरेका थिए ।

यस हारसँगै आर्सनलको च्याम्पियन्स लिगमा छनोट हुने योजनामा धक्का लागेको छ ।

आर्सनल लिगको नवौं स्थानमा रहेको छ । आर्सनलले ३३ खेलमा ४६ अंक जोडेको छ ।

एभर्टन ५२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।