आज साफ च्याम्पियनसिपको ड्र हुदै

यस बर्ष हुन गईरहेको साफ सुजुकी कपको ड्र अाज बंगलादेशको राजधानी ढाकामा हुँदैछ । आउँदो सेप्टेम्बर ४ देखि ११ तारीखसम्म हुने प्रतियोगितामा सार्क राष्ट्रका सात देशहरुले सहभागिता जनाउने छन् ।

आज हुने ड्र मा सहभागी देशहरुको प्रशिक्षक, खेलाडी, विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ । गत संस्करणको साफ च्याम्पियनसिपको विजेता भारत हो । भारतले किर्तिमान सात पटक उपाधि जितिसकेको छ ।

साफ च्याम्पियनसिपमा सहभागीता जनाउने राष्ट्रहरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान रहेका छन् ।