आज ला लिगामा यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज आइतबार ४ खेल हुँदै छ ।

आज डेपोर्टिभो अलाभेस र इस्पान्योल राती ८:४५ मा भिड्ने छ भने मालोर्का र रियल सोसिइडाडको खेल पनि ८:४५ मा नै सुरु हुने छ ।

त्यसै गरि लेगानेसले एट्लेटोको म्याड्रीडको सामना गर्ने छ । यो खेल राती १०:४५ मा सुरु हुने छ ।

अन्तिम खेल बार्सिलोना र रियल बेटिस बिच हुने छ । आज बार्सिलोनाबाट कप्तान लियोनेल मेस्सी खेल्ने छैन । यो खेल राती १२:४५ मा सुरु हुने छ ।