आज ला लिगामा यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुँदै छ ।

पहिलो खेल दोस्रो स्थानमा रहेको रियल म्याड्रीड र इस्पान्योल बीच हुनेछ । रियलको घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा हुने यो खेल साझ ५:४५ मा सुरु हुनेछ ।

त्यसै गरि ग्रानाडा र डेपोर्टिभो आलाभेस बीचको खेल राती ८:४५ मा सुरु हुनेछ ।

तेस्रो खेल लेभान्टे र भ्यालेन्सिया बीच हुनेछ । यो खेल भने राती ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल शीर्ष स्थानमा रहेको बार्सिलोना र मालोर्का बीच हुनेछ । बार्साको घरेलु मैदान क्याम्प नाउमा हुने यो खेल राती १:४५ मा सुरु हुनेछ ।