आज ला लिगामा यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

स्पेनिस लिग ला लिगा अन्तर्गत आज सनिबार ४ खेल हुनेछ ।

पहिलो खेल लेगानेस र बार्सिलोना बिच हुनेछ । अन्तिम स्थानमा रहेको लेगानेसले शीर्ष स्थानमा रहेको बार्सिलोनासंग आफ्नो घरेलु मैदानमा खेल्नेछ । खेल ५:५५ मा सुरु हुनेछ ।

दोस्रो खेल रियल बेटिस र भ्यालेन्सिया बिच हुनेछ । बेटिसको घरेलु मैदानमा हुने यो खेल राती ८:४५ मा सुरु हुनेछ ।

तेस्रो खेल ग्रानडा र एट्लेटिको म्याड्रिड बिच हुनेछ । यो खेल भने राती ११:१५ मा सुरु हुनेछ ।

अन्तिम खेल रियल म्याड्रिड र रियल सोसिइडाड बिच हुनेछ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले पाँचौ स्थानमा रहेको रियल सोसिइडाडबिरुद्ध आफ्नो घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा खेल्ने छ । यो खेल राती १:४५ मा सुरु हुनेछ ।