स्पेनिस लिग ला लिगा अन्तर्गत आज आइतबार ६ खेल हुँदै छ । २०२२ को यो पहिलो खेलहरु हुनेछ ।
पहिलो खेल गेटाफे र रियल म्याड्रिड बिच हुनेछ । यो खेल साझ ६:४५ मा सुरु हुनेछ ।
एट्लेटिको म्याड्रिडले रायो भालेकानोबिरुद्ध खेल्ने छ । यो खेल राती ९ बजे सुरु हुनेछ ।
त्यसै गरि इल्चेले ग्रानाडाबिरुद्ध ९ बजे नै भिड्नेछन् ।
डेपोर्टिभो आलाभेसले राति ११:१५ मा रियल सोसिइदाडसंग खेल्ने छ ।
रियल बेटिस र सेल्टा भिगो बिचको खेल पनि ११:१५ मै सुरु हुनेछ ।
अन्तिम खेल मालोर्का र बार्सिलोना बिच हुनेछ । यो खेल मध्ये रातको १:४५ मा सुरु हुनेछ ।