आज ला लिगामा बार्सिलोना र आलाभेस खेल्दै – हेर्नुहोस नेपाली समयमा

ला लिगामा बार्सेलोनाले पहिलो खेल आलाभेस संग खेल्दै छ ।

प्रि–सिजनको सुखद अन्त्य गरेको बार्सिलोनाले सिजनको पहिलो खेल सनिवार राती (आइतबार बिहान) खेल्दैछ । घरेलु मैदान क्याम्प नाउमा हुने खेल आलाभेससँग रातको २ बजे सुरु हुनेछ ।

बार्सिलोनाले प्रि–सिजनमा इन्टरनेशनल च्याम्पियन्स कपमा सहभागीता जनाएको थियो । बार्सिलोनाले टोटनहम, एसी मिलान तथा रोमासँग उक्त प्रतियोगिताको खेल खेलेको थियो ।

त्यस्तै, स्पेनिस सुपरकपको उपाधिको लागि सेभियासँग प्रतिस्पर्धा गरेको थियो भने ग्याम्पर कपको लागि अर्जेन्टिनाको क्लब बोका जुनियर्ससँग प्रतिस्पर्धा गरेको थियो र दुइटै कप जित्न पनि सफल भएको थियो ।