आज ला लिगामा बार्सिलोना र एथ्लेटिक बिल्बाओ भिड्दै

बार्सिलोनाले लिगको सातौं खेल एथ्लेटिक क्लबसँग खेल्दैछ । लिगको पाँचौं खेलमा जिरोनासँग बराबरी खेलको बार्सिलोनाले छैटौं खेलमा लेगानेससँग हार व्यहोरेको थियो । बार्सिलोनाले सातौं खेल घरेलु मैदान क्याम्प नाउमा खेल्न लागेको हो ।

बार्सिलोना र एथ्लेटिकबीचको पछिल्लो चार खेलमध्ये ३ खेलमा बार्सिलोना विजयी भएको छ भने १ खेलमा एथ्लेटिक क्लब विजयी भएको छ । सिजन २०१७–१८ को कोपा डेल रेको अन्तिम १६ को खेलमा बार्सिलोनालाई एथ्लेटिक क्लबले यसैको घरेलु मैदानमा २–१ गोलले हराएको थियो । तर क्याम्प नाउमा भएको दोस्रो लिगमा बार्सिलोना ३–१ गोलले विजयी हुँदै समग्रमा ४–३ गोलले क्वार्टरफाइनल प्रवेश गरेको थियो ।

त्यस्तै, गत सिजनको ला लिगामा बार्सिलोना सान मामेजमा नै भएको खेलमा २–० गोलले तथा क्याम्प नाउमा सम्पन्न खेलमा पनि २–० गोलकै जित दर्ता गरेको थियो । दुबै खेलमा मेसीले गोल गरेका थिए ।