रियल मड्रिड र शीर्ष स्थानको एट्लेटिको मड्रिडबिरुद्ध आज रोमाञ्चक खेल हुँदै छ ।
खेलअघि रियल प्रशिक्षक जिदानले एट्लेटिकोलाई ला लिगाको मुख्य दाबेदार बताएका हुन् ।
डिएगो सिमोन नेतृत्वको एट्लेटिको ला लिगाका १० खेलमा अपराजित छ । उसले रियल मड्रिडसंग ६ अंकको अग्रता लिएको छ ।
दुवै टिम यसै साता च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
‘हामीले गत वर्ष लिग जित्यौ । हामी उपाधि रक्षा गर्न चाहन्छौ । यो हामी अन्तिमसम्म प्रयास गर्नेछौ ।’ जिदानले भने ।
‘हामी सबै खेल जित्न चाहन्छौ । विशेष गरी यो एउटा ठुलो खेलको रुपमा ।’ उनले थपे ।
‘उनीहरु तालिकाको शीर्ष स्थानमा छन् । उनीहरु सबै उत्कृष्ट चुनौती दिदै आएका छन् । हामी राम्रोसंग जानकार रहेका छौ ।’ जिदानले भने ।
रियलले बुधबार च्याम्पियन्स लिगको खेलमा कप्तान सर्जियो रामोसलाई टिममा स्वागत गरेको थियो । जिदानले मिडफिल्डर फेडरिको भाल्भर्डे र डिफेन्डर डानी कार्भाजल समेत मैदान फर्कन सक्ने बताए ।
रियल आफ्ना मुख्य खेलाडी इडेन हाजार्ड, लुका मोड्रिच र मारियनो डियाज बिना मैदान उत्रनेछ ।
एट्लेटिकोमा समेत फरवार्ड डिएगो कोस्टा सहित डिफेन्डर जोसे जिमिनेज उपलब्ध हुने छैनन् । दुवै खेलाडी चोटका कारण उपलब्ध नहुने बताईएको छ ।
खेल मध्याह्न १:४५ मा सुरु हुनेछ ।