आज रियल म्याड्रिड र एटलेटिक म्याड्रिड भिड्दै

स्पेनिस ला लिगामा आज राति ८ बजे रियल म्याड्रिड र एटलेटिक म्याड्रिड भिड्दै छ । यो सिजन ला लिगमा एटलेटिक म्याड्रिड ६७ अङ्क सहित लिगको दोस्रो स्थानमा छ, भने रियल ६३ अङ्क सहित लिगको तेस्रो स्थानमा रहेको छ ।
 यी दुबै टोलीले ३० खेल खेलेका छन् । एक खेल बढी खेलेको शीर्ष स्थानको बार्सिलोनाको ७८ अङ्क रहेको छ ।
पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको रियलसँग रोनाल्डो र बेल जस्ता उत्कृष्ट खेलाडीहरु रहेको छ । तर पछिल्लो केहि खेलहरुमा रियलले बेललाई मैदानमा उतारेको छैन । त्यस्तै एटलेटिकसँग कोस्टा र ग्रिजमा जस्ता खेलाडीहरु रहेको छ । त्यसैले आज यी २ बिचको खेललाई मुख्य रुपमा हेरिएको छ ।