आज राती बार्यन म्युनिख र रियल म्याड्रिड भिड्दै – खेल नेपाली समयमा

गत सिजनको बिजेता रियल म्याड्रिडले चैम्पियन्स लिगको इतिहासमा लगातार ३ पटक सम्म टाइटल जिति नयाँ इतिहास रच्ने सोचमा रहेको छ ।
आज राति नेपाली समयअनुसार १२ः३० मा एलनज अरेना हुने यस खेलमा बुन्डेज लिगा चैम्पियन बार्यन म्युनिक र डिफेन्डिङ्ग च्याम्पियन रियल म्याड्रिड दुबै तर्फ का हेर्ने पर्ने केहि तीन यस्ता छन् ।

गत वर्ष क्वार्टर फाइनलमा केहि विबादास्पद निर्णयहरुका कारण ६–३ को हार बेहोरेको बार्यन ले सेमिफानलको आजको खेलमा आफ्नो घरेलु मैदानको यथेस्ट फाईदा उठाउन सक्ने देखिन्छ । पहिलो लिगमा जित निकाल्न सकेमा बार्यनले सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन समेत गर्नेमा दुइ मत छैन ।

बार्यन म्युनिखको आजको खेलको अर्काे ठुलो चुनौति क्रिष्टियानो रोनाल्डो रहेको छ । यस सिजनमा १५ गोल गरिसकेका रोनाल्डो अन्य म्याड्रिड खेलाडि भन्दा फरक रहेका छन् । आज बार्यन डिफेन्सको समेत मुख्य हर्ने पर्ने खेलाडिमा रोनाल्डो रहेका छन् । बार्यन संगमात्र खेल्दा रानाल्डोले गत सिजन ५ गोल गरेका थिए ।

ठुलो उत्साह तथा पैसामा रियल म्याड्रिडले आफ्नो टिममा भित्राएको जेम्स रोड्रीगेजलाई जिनेदे जिदानले लोनमा बार्यन म्युनिख पठाएका थिए । २६ बर्षिय फुर्तिला खेलाडि जेम्स ले यस सिजनमा ६ गोल बुन्डेज लिगमा गर्न सफल भएका छन् । आज राति आफ्नो पुर्व क्लब म्याड्रिड लाई माया गर्छन या आफ्नो गोलको संख्या बढाउछन् त्यो भने हेर्न बाकि रहने छ ।