आज म्यान्चेस्टर युनाइटेड र वुल्भस भिड्दै; खेल कति बजे? पुरा जानकारी

इङलिस प्रेमिएर लिग अन्तर्गत आज सोमबार मात्र एक खेल हुदैछ, वुल्भस र म्यान्चेस्टर युनाइटेड ।

वुल्भसको घरेलु मैदान मोलिन्युक्स स्टेडियममा हुने खेल राती १२:४५ मा सुरु हुने छ ।

सिजनको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सी बिरुद्ध ४-० को जित हात पारेको थियो भने वुल्भसले लेस्टर सिटी बिरुद्ध ०-० को बराबरी खेलेको थियो ।

यी दुई बिचको पछिल्लो ५ खेल हेर्ने हो भने वुल्भस र म्यान्चेस्टर युनाइटेड दुबैले २ जित र १ बराबरी खेलेको छ ।

आजको खेल जितेमा म्यान्चेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा जाने छ ।