आज म्यान्चेस्टर युनाइटेड र चेल्सी बिच रोमाञ्चक खेल हुँदै, खेल कति बजे? पुरा जानकारी

इङलिस प्रेमियर लिग फुटबलमा आज आइतबार म्यानचेस्टर युनाईटेड र चेल्सी खेल्ने छ ।

म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनेछ । र, दुवै टोली सिजनको पहिलो खेल जित्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

लिग अन्तर्गत नै आइतबार आर्सनलले आफ्नो घरेलु मैदान इमिरेट्स स्टेडियममा न्युकासल युनाईटेडको सामना गर्नेछ । आर्सनल र न्युकासलबीचको खेल ६:४५ मा सुरु हुनेछ । त्यस्तै अर्को खेलमा वुल्भ्स र लेष्टर सिटीबीच पनि प्रतिस्पर्धा हुनेछ ।