आज म्यान्चेस्टर डर्बी, खेल कति बजे? पूरा जानकारी

इङलिस लिग कप काराबाओ कप अन्तर्गत आज राती म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड भिड्नेछन् ।

काराबाओ कपको सेमिफाइनल खेल दुई लेगको हो, पहिलो लेगमा युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा सिटीले ३-१ को जित दर्ता गरेको थियो ।

आजको खेल भने म्यान्चेस्टर सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा हुनेछ ।

खेल नेपाली समय अनुसार राती १:३० मा सुरु हुनेछ ।

फाइनलमा प्रवेश गर्न दबाबमा रहेको म्यान्चेस्टर युनाइटेडले कम्तीमा ३-० को अन्तरले खेल जित्नु पर्ने हुन्छ ।

फाइनलमा यस खेलको विजेताले एस्टन भिल्लाबिरुद्ध खेल्ने छ ।