आज मनाङ र ब्रिगेड ब्वाईज भिड्दै, खेल कति बजे? पूरा जानकारी

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा आज बिहिबार साविक विजेता च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाईजसँग प्रतिस्पर्धा गर्दैछ ।

मनाङले लिगको तेस्रो चरणमा अधिकांश युवा खेलाडी समावेश गरेको ब्रिगेडसँग प्रतिस्पर्धा गर्न लागेकाे हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल १२ बजे सुरु हुनेछ ।दुबै टिम स्पष्ट तीन अंक हासिल गर्ने लक्ष्य सहित मैदान उत्रने बताएका छन् ।

मनाङ भने अनिल गुरुङ नेतृत्वको युवा टिमसँग सहज रुपमा तीन अंक लिन चाहन्छ ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेको अनिलले लामो समय मनाङको जर्सीमा घरेलु फुटबलमा प्रभाव जमाएका थिए । उनै अनिलको कप्तानीमा रहेको ब्रिगेड घरेलु फुटबलको महारथी क्लब मनाङलाई राम्रो टक्कर दिने लक्ष्यमा छ ।

अनुभवी र राष्ट्रिय टिमका अधिकांश अनुहारले क्लब छाडेपनि मनाङले सुरुवाती दुई खेलमा जित निकाल्न सफल रहयो । उसले दुवै खेलमा विभागीय टिमलाई पराजित गर्यो ।

राष्ट्रिय टिमका अधिकांश खेलाडीले क्लब छाडेपछि मनाङले दुखेसो पोखेको छैन ।