आज मड्रिड डर्बी – मार्सेलोले खेल गुमाउने

रियल मड्रिडका डिफेन्डर मार्सेलोले मड्रिड डर्बी गुमाउने भएका छन् । सेभियासँगको खेलमा पिडौलामा चोट लागेको कारण उनले एट्लेटिको मड्रिडसँगको खेल गुमाउने भएका हुन् । साथै उनले आलभेस तथा सीएसकेय मस्कोसँगको खेल पनि गुमाउने भएका छन् । उक्त कुराको जानकारी रियल मड्रिडको मेडिकल टिमले हो ।

यसअघि नै रियल मड्रिडका प्रभावशाली खेलाडी इस्को मैदानबाहिर रहेका छन् । एपेन्डिसाइडिसको अपरेसन गर्नुपरेको कारणले गर्दा रियल मड्रिड बढी दबाबमा रहेको छ ।
रियलले घरेलु मैदान शान्टियागो बेर्नाबेउमा घरेलु प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । खेल आइतबार बिहान नेपाली समयअुनसार १२ः३० बजे हुनेछ ।