आज भुटानले पाकिस्तानलाई जिते नेपाललाई फाइदा

नेपाललाई सेमिफाइनलमा स्थान पक्का गर्न पहिलो विकल्प बंगलादेश विरुद्ध स्पष्ट जित हासिल गर्नु हो । नेपालले आज जित दर्ता गरेमा सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तो अवस्थामा नेपाल समूह विजेता वा उपविजेता बन्ने टुङ्गो लाग्न पाकिस्तान र भुटानको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । आज पहिलो खेलमा पाकिस्तान र भुटान भिड्ने भएकाले पनि नेपाललाई बंगलादेश विरुद्ध कस्तो नतिजा आवश्यक पर्छ, त्यो फाइदाजनक हुन सक्छ ।

यदि भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बंगलादेश विरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि पाकिस्तानले भुटानसँग अंक गुमाएर नेपालले बंगलादेशलाई पराजित गरे नेपाल समूह विजेता बन्नेछ । यदि पाकिस्तानले भुटानलाई पराजित गर्दै नेपालले बंगलादेशलाई हराएको खण्डमा बंगलादेश बाहिरिने सम्भावना पनि कायम छ । यसका लागि नेपाल र बंगलादेशको खेलको नतिजा निर्णायक हुन्छ । यदि तीन टोलीको अंक समान भएमा, बराबर अंक भएका टोलीहरुको मात्र नतिजा हेरिन्छ ।

यो अवस्थामा भुटानले पाकिस्तानलाई फराकिलो अन्तरमा हराउने र नेपाल पनि बंगलादेशसँग पराजित मात्र भएपनि भुटानले अर्को चरणमा स्थान बनाउने छ । यसका लागि भुटानले कम्तिमा पनि ५ गोलअन्तर (अथवा ५ वा सोभन्दा बढी गोल गरेर ४ गोलको अन्तर ) ले जित दर्ता गर्नुपर्ने हुन्छ । यो सम्भावना भने गणितीय हिसाबले मात्र सम्भव हुने देखिन्छ । पाकिस्तानले भने भुटानलाई पराजित गर्दै समूहमा कुन स्थान हुने हो त्यो पक्का गर्न नेपाल र बंगलादेशको नतिजा कुर्नुपर्ने हुन्छ ।