आज बार्सिलोना र भिसेल कोबे भिड्दै; आन्द्रेस इनिएस्टा पूर्व क्लव विरूद्ध खेल्ने

प्रि सिजन अन्तर्गत दोस्रो खेलमा स्पेनिस क्लब बार्सिलोना र जापानी क्लब भिसेल कोबे भिड्दैछन्।

पहिलो खेलमा बार्सिलोना इंग्लिस क्लब चेल्सीसँग २-१ ले पराजित भएको थियो। भिसेल कोबेबाट बार्सिलोनाका पूर्वखेलाडी तथा पूर्वकप्तान आन्द्रेस इनिएस्टा पनि खेल्दैछ।

आज खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट जापानको मिसाकी पार्क स्टेडियममा सुरु हुनेछ।