आज फिफा विश्व कपमा यी रोमान्चक खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

कतार विश्वकप २०२२ मा आज बुधबार जम्मा ४ खेलहरु हुँदैछन् ।

विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

त्यस्तै, तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

अन्तिम खेलमा बेल्जियमले क्यानडाको सामना गर्नेछ । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।