आज प्रेमिएर लिगमा रोमान्चक खेलहरु हुँदै, कति बजे?

इङलिस प्रेमिएर लिग अन्तर्गत आज आइतबार २ खेल हुदैछ ।

हिजो ७ खेल भयो, जसमा लिभरपुलले जित हासिल गरे भने म्यान्चेस्टर सिटीले टोटेन्ह्याम बिरुद्ध बराबरी खेले ।

आज पहिलो खेल शेफिल्ड युनाइटेड र क्रीस्टल प्यालेस बिच हुनेछ । यी दुबै टोलिले अघि तथा सिजनको पहिलो खेलमा बराबरी खेलेको थियो । यो खेल आज साझ ६:४५ मा सुरु हुनेछ ।

त्यसै गरि अर्को खेल चेल्सी र लेस्टर सिटी बिच हुनेछ । पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडसंग चेल्सीले लज्जास्पद हार बेहोरेको थियो । लेस्टर सिटीले भने पहिलो खेल वुल्भरह्याम्पटन बिरुद्द बराबरी खेलेको थियो । आज दुबै टिमले खेल जितेर ३ पोइन्टस बटुल्ने दाउमा हुनेछ । यो खेल बेलुका ९:१५ मा सुरु हुने छ ।