आज नेपाल र माल्दिभ्स भिड्दै, खेल कति बजे? पुरा जानकारी

१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबल अन्तर्गत आज सनिबार महत्त्वपूर्ण खेलमा नेपालले माल्दिभ्सबिरुद्ध खेल्ने छ ।

आजको खेल जिते नेपालले फाइनलमा स्थान पक्का गर्नेछ ।

खेल दिउँसो १ बजे सुरु हुनेछ ।

राउन्ड रोबिन लिगमा नेपालले अरु देश भन्दा १ खेल कम खेलेको छ र ४ अंक सहित दोस्रो स्थानमा रहेको छ भने भुटान ६ अंक सहित पहिलो स्थानमा रहेको छ ।