आज नेपाल र बाङ्लादेश भिड्दै, खेल कसरी हेर्ने? पुरा जानकारी

Nepal's football players stand as their national anthem is played prior to the Asian Cup qualifying football match between the Philippines and Nepal in Manila on March 28, 2017. / AFP PHOTO / Ted ALJIBE (Photo credit should read TED ALJIBE/AFP via Getty Images)

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज नेपालले बंगलादेशको सामना गर्दै छ । बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार साझ ४:४५ बजे सुरु हुनेछ ।

नेपाली टोली झन्डै एक वर्षपछि मैदान उत्रिन लागेको हो । गत वर्ष नोभेम्बर १९ मा कुवेतसँग खेलेयता नेपालको लागि आज पहिलो खेल हुनेछ । आफ्नो पछिल्लो चार खेलमा पराजित भएको नेपाल आज घरेलु टोलीलाई पराजित गर्दै नँया शुरुवात गर्न चाहन्छ । टोलीका नियमित खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशिक्षक बालगोपाल महर्जन ८ नँया खेलाडी लिएर बंगलादेश पुगेका थिए ।

टोलीमा नियमित सदस्य नभएपनि सकारात्मक नातिजा निकाल्नेमा आफू विश्वस्त रहेको प्रशिक्षक महर्जनले बताए । उनले भने, ” अहिलेको समय भनेको हाम्रो लागि निकै गार्हो समय हो । हाम्रो आठ जना नियमित सदस्य यस मैत्रीपूर्ण सिरिजमा खेल्नेछैनन् । तर टोलीमा आएका नँया सदस्यले राम्रो गरिराखेका कारण उनिहरुबाट नतिजा पाउनेमा ढुक्क छु।” महर्जनले थपे, ” बंगलादेशविरुद्ध पछिल्लो ५ खेलमा हामीले राम्रो खेलिराखेका छौ । भोलिपनी त्यही प्रदर्शनलाई निरन्तर दिने हाम्रो लक्ष्य हुनेछ । ”

बंगलादेश र नेपालबिचको खेलको प्रत्यक्ष प्रशारण बंगलादेश टिभीले गर्नेछ । युटुबमा टि स्पोर्ट्सले पनि खेलको प्रत्यक्ष प्रशारण गर्ने बताएको छ ।