आज नेपाल र कुवेत भिड्दै, खेल कति बजे? पूरा जानकारी

विश्वकप दोस्रो चरणको छनोट खेल अन्तर्गत नेपालले आज कुवेतबिरुद्ध खेल्ने छन् ।

नेपालले पहिलो घरेलु खेलको रुपमा कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो ।

नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युकाे रुपमा भुटानमा सारिएकाे हो ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।

बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाली टिम कम्तिमा अंक खाेस्ने योजनामा हुनेछ । त्यसका लागि आफ्नो टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् ।

कुवेतसंग पहिलो लेगमा ब्यहोरेको फराकिलो हारको बदला लिने अवसर नेपाललाई छ । कुवेतले खाडीको हावापानी र मौसमको फाईदा लिदै पहिलो लेगमा ७-० को जित निकालेको थियो ।

अब नेपाललाई आफु अनुकुलको मौसमलाई कुवेतसंग बदला लिने अवसर छ ।

दशरथ रंगशालामा खेल नहुने भएपछि कुवेतले खाडीमै दोस्रो लेग गराउन हरसम्भव प्रयास गरेको थियो ।