आज नेपाली क्रिकेट टिम श्रीलंका आर्मीविरुद्ध पहिलो अभ्यास खेल खेल्दै

एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ ।
अभ्यासका लागि सोमबार नै श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।खेल श्रीलंका आर्मी स्पोर्ट्स क्लबको घरेलु मैदान पानागोडामा नेपाली समय अनुसार बिहान १०ः१५ मा सुरु हुनेछ । आज हुने खेलमा सन्दीप लामिछाने भने उपस्थित रहने छैनन् ।

यस्तै नेपालले अगष्ट २४ मा ब्लुमफिल्ड क्लबसँग दोस्रो अभ्यास खेल खेल्नेछन् । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससँग २६ अगस्टमा खेल्ने छन् । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।

मलेसियामा अगस्ट २८ बाट सुरु हुने एसिया कपको छनोट खेलको लागि टोली अभ्यासका लागि श्रीलंका प्रस्थान गरेको हो ।