आज देखि ‘ए’ डिभिजन लिग सुरु, पुरा जानकारी

कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग आज सुरु हुँदैछ ।

दशरथ रंगशालामा हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

मछिन्द्रमा राष्ट्रिय फुटबल टिमका अधिकांश अनुहार छन् । ब्रिगेडले उमेर समूहका खेलाडीलाई समावेश गर्दै टिम तयार बनाएको हो । मछिन्द्रले लिग जित्ने लक्ष्यसहित राष्ट्रिय टिमका नियमित ७ खेलाडी सहित घरेलु फुटबलमा ठुला नामलाई क्लबमा अनुबन्धन गरेको छ ।

ब्रिगेड ब्वाईजले एन्फा एकेडेमीका खेलाडीलाई प्राथमिकतामा राखेको छ । क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका अनिल गुरुङ सहित केही पुराना खेलाडीलाई नयाँ सिजन टिममा समावेश गरेको ।

यस्तै यू–१८ साफ र एएफसी यू–१९ छनोट च्याम्पियनसिप खेलेका खेलाडी समेत टिममा रहेका छन् ।

मछिन्द्रले गत सिजनको लिग अन्तिमबाट दोस्रोमा रहँदै टुंगाएको कारण उसले एक अंक गुमाउने छ । गत सिजन बिना रेलिगेशनको लिग गरेको एन्फाले अन्तिममा रहेका दुई क्लबको १ र २ अंक खोसिने बताएको छ ।