आज थ्री स्टारले जावलाखेलबिरुद्ध र मनाङले एपीएफबिरुद्ध खेल्ने; पूरा जानकारी

कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज रुस्लान थ्री स्टार क्लबले प्रभु बैंक जावलाखेल युथ क्लबबिरुद्ध खेल्नेछ भने मनाङ मस्यााङ्दी क्लबले बिभागिय टिम एपीएफसंग खेल्नेछ ।

आजको पहिलो खेलमा थ्री स्टारले जावलाखेलसंग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल्नेछ । खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।

दुवै टिम लिगको पहिलो खेलबाट सुखद सुरुवात गर्न चाहन्छन् ।

त्यस्तै दोस्रो खेलमा साविक विजेता मनाङ मस्यााङ्दी क्लबले एपीएफबीच प्रतिस्पर्धा गर्नेछ ।खेल दशरथ रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ ।

अधिकांश ठुला स्टारले क्लब छाडेपछि मनाङले नयाँ टिम बनाएको छ । दुवै टिम लिगमा सुखद सुरुवात गर्ने दाउमा हुनेछन् ।