आज च्यासल र मच्छिन्द्रको रोमान्चक भिडन्त हुँदै, पुरा जानकारी

कतार एयर्वेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज राष्ट्रिय टिमका अधिकांश खेलाडी बोकेका च्यासल युथ क्लब र मच्छिन्द्र क्लब आमने सामने हुदैछन् ।

च्यासल र मछिन्द्रबिचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा हुनेछ । खेल मध्यान्न १२ बजे सुरु हुनेछ । राष्ट्रिय टिमका अनुभवी खेलाडीसहित मैदान उत्रदै गर्दा दुवै टिम स्पष्ट जित निकाल्दै अघि बढ्न चाहन्छन् ।

यसअघि लिगको पहिलो खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई र च्यासलले गत सिजनको उपविजेता संकटालाई समान २–० गोल अन्तरले हराएका थिए ।

गत सिजन लिगको पुछारमा रहेको मछिन्द्रले सुरुवातमा एक अंक गुमाएर नयाँ सिजनको सुरुवात गरेको थियो । सोही कारण मछिन्द्र २ अंक सहित लिगको चौथो स्थानमा छ ।