आज ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स र थ्री स्टार खेल्दै, खेल कति बजे ?

‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो खेलमा जावलाखेल र नेपाल पुलिस क्लबले खेल्नेछन् ।

ललितपुर डर्बी अन्तर्गत फ्रेन्ड्स र थ्री स्टारबीचको खेल बिहान ११ बजे सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

यस्तै आज हुने जवालाखेल र पुलिसबीचको दोस्रो खेल दिउसो ३ बजे सुरु हुनेछ । जावलाखेल र पुलिस पनि विजयी सुरुवात गर्ने लक्ष्यसहि मैदान उत्रनेछन् ।