आज एपीएफ र थ्री स्टार क्लब भिड्दै, खेल कति बजे? पूरा जानकारी

तेस्रो चन्द्रागिरी मेयर गोल्ड कप अन्तर्गत आज बुधबार दोस्रो सेमिफाइनल खेलमा एपीएफ र थ्री स्टार क्लब भिड्ने छन् ।

खेल पुरानो नैकाप स्थित नैकाप स्टेडियममा दिउँसो २:३० बजे हुनेछ ।

एपीएफले सरस्वती क्लबलाई हराउदै सेमिफाइनलको यात्रा तय गरेको हो भने थ्री स्टार क्लबले फ्रेन्ड क्लबलाई क्वाटरफाइनलमा हराएको हो ।

यस खेलको बिजेताले फाइनलमा नेपाल पुलिस क्लबसंग भिड्ने छ ।

प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।

सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।