आज ईंग्लिश प्रेमिएर लिगमा हुने खेलहरु नेपाली समयमा हेर्नुहोस

आज जोसे मोउरिन्होको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा खेल्दैछ । वर्तमान अवस्थामा दबाबमा रहेको मोउरिन्होले दुई पटक चेल्सीको जिम्मेवारी सम्हाल्दै दुवैपटक लिग उपाधि पनि जिते ।

युनाइटेडमा सोहि सफलता दोहोर्याउने उनको लक्ष्य सफल भएको छैन । यस सिजन क्लब इतिहासमै सबैभन्दा खराब सुरुवात गरेको युनाइटेड चेल्सीविरुद्ध लय समात्ने कोसिसमा हुनेछ । यता माउरिजियो सार्रीको प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको चेल्सी शीर्ष स्थानमा पकड बलियो बनाउन लागि पर्नेछ ।

आज ईंग्लिश प्रेमिएर लिगमा हुने खेलहरु नेपाली समयमा:

Chelsea 17 : 15 Manchester United

AFC Bournemouth 19 : 45 Southampton

Cardiff City 19 : 45 Fulham

Manchester City 19 : 45 Burnley

Newcastle United 19 : 45 Brighton

West Ham United 19 : 45 Tottenham

Wolverhampton 19 : 45 Watford

Huddersfield Town 22 : 15 Liverpool