आज ईंग्लिश प्रेमिएर लिगमा केही रोमान्चक खेलहरु हुदै – हेर्नुहोस नेपाली समयमा

निकै नै राम्रो प्री सिजन रहेको लिभरपुल र वेस्ट ह्यम आज प्रेमिएर लिगमा खेल्दै छ । लिभरपुलले केही आवश्यक परेको खेलाडीहरु भित्र्याउन सफल भएको छ जस्तै गोलकिपर अलिसन बेकर, मिड्फिल्डर फ्याबिन्हो र केइटा भित्र्याएको छ । त्यसै गरि वेस्ट ह्यमले भने आवश्यक भन्दा बढी खेलाडी भित्र्याएको छ । येस खेल निकै नै रोमान्चक हुने फूटबल प्रेमी हरु को भनाइ छ र यो खेल साझ ६ बजेर १५ मिनेटमा सुरु हुने छ।

साउथह्यम्पटन र बर्नले को खेल पनि साझ ६:१५ मै हुने छ।

त्यसै गरि अर्को खेल आर्सनल र च्याम्पियन म्यान्चेस्टर सिटी को हुँदै छ। लामो समय देखि आर्सनलमा रहदै आएका म्यानेजर आर्सने वेङ्गरले गत सिजनको अन्तिम खेल पछि आफ्नो लामो यात्रामा पुर्णबिराम गरेको हो र उनको ठाउँ उनाइ इम्रे ले लिएको छ। आर्सनलले केही खेलाडीहरु भित्र्याएका छ्न भने सिटीले केबल एउटा खेलाडी भित्र्याएका छन।

यी दुई टिम बिचको खेल ८ बजेर ४५ मा सुरु हुने छ।