आज इङलिस प्रेमिएर लिगमा रोमान्चक खेलहरु हुँदै, नेपाली समयमा हेर्नुहोस

इङलिस प्रेमिएर लिग अन्तर्गत आज सनिवार ६ खेल हुँदै ।

पहिलो खेल नर्विच सिटीको घरेलु मैदानमा चेल्सी बिरुद्ध हुने छ । खेल साझा ५:१५ मा सुरु हुनेछ । उत्कृष्ट फममा रहेको ब्राइटनले भने साउथह्याम्प्टनबिरुद्ध ७:४५ मा खेल्ने छ ।

त्यसै गरि म्यान्चेस्टर युनाइटेडले आफ्नो घरेलु मैदान ओल्ड ट्राफोडमा क्रीस्टल प्यालेस बिरुद्ध खेल्ने छ । यो खेल राती ७:४५ मा हुने छ । सेफिल्ड युनाइटेडले लेस्टर सिटीको सामना गर्ने छ । यो खेल पनि ७:४५ मै सुरु हुनेछ । त्यस्तै, वाट्फोडले वेस्ट ह्याम विरुद्ध ७:४५ मा खेल्ने छ ।

अन्तिम खेल लिभरपुल र आर्सनल बिच हुनेछ । लिभरपुलको घरेलु मैदान एन्ड्फिल्डमा हुने खेल निकै नै रोमान्चक हुनेछ । दुबै टिमले यो सिजन हार बेहोरेको छैन । यो खेल राती १०:१५ मा सुरु हुने छ ।

शुक्रबार राती भएको एस्टन भिल्ला र इभर्टन बिचको खेलमा एस्टन भिल्लाले २-० को जित हात पारेको छ ।