आज इङलिस प्रेमिएर लिगमा यी खेलहरु हुँदै, हेर्नुहोस नेपाली समयमा

इङलिस प्रेमिएर लिग अन्तर्गत आज आइतबार ६ खेल हुँदै छ ।

म्यान्चेस्टर सिटीले लेस्टर सिटीबिरुद्ध खेल्नेछ । यो रोमान्चक खेल राती ८:४५ मा सुरु हुनेछ ।

नोर्विचले आर्सेनलबिरुद्ध भिड्नेछन्, यो खेल पनि ८:४४ मा सुरु हुनेछ ।

टोटेन्ह्यामले क्रीस्टल प्यालेसबिरुद्ध पनि ८:४५ मै खेल्ने छ ।

त्यसै गरि वेस्टह्यामले पनि साउथह्याम्प्टनबिरुद्ध ८:४५ मा खेल्ने छ ।

एस्टन भिल्लाले चेल्सीबिरुद्ध राती ११:१५ मा खेल्नेछ ।

अन्तिम खेल ब्राइटन र ब्रेन्ट्फोर्ड बिच हुनेछ । यो खेल राती १:४५ मा सुरु हुनेछ ।