आजदेखि ला लिगा शुरु हुँदै

स्पेनिस ला लिगा फुटबलका खेलहरु आजबाट पुनः शुरु हुँदैछन् । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण रोकिएको ला लिगा आजदेखि शुरु हुन लागेको हो ।

स्पेन सरकारको खेलकुद विभागले स्पेनिस फुटबल महासंघ र ला लिगासँग लिग पुनः सुरु गर्ने सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेलहरु आजबाट हुन लागेका हुन् ।

खेल हेनै भने दर्शकहरु रंगशालमा उपस्थित हुन पाउने छैनन् । संक्रमणको जोखिम टार्न बन्द रंगशालामा खेलहरु खेलाइनेछ भने हरेक प्रक्रियामा स्वास्थ्य सतर्कता र सावधानी अपनाइनेछ ।

आज पहिलो खेलमा सेभिया र रियाल बेटिस भिड्नेछन् । यो खेल नेपाली समय अनुसार आज राति पौने दुई बजे हुनेछ ।

ला लिगामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको रियाल मड्रिडको ५६ अंक छ। ला लिगाको सो सिजन जुलाई अन्तिममा टुंगिनेछ।