“आजको क्लासिको बार्सालाई भन्दा रियल म्याड्रिडको लागि बढी महत्त्वपूर्ण छ”

क्वेक सेटिनले जोर दिएका छन कि रियल म्याड्रिडको लागि आजको क्लासिको नतिजा बार्सिलोनालाई भन्दा बढी महत्त्वपूर्ण छ।

बार्साले शनिबार राती रियलको घरेलु मैदानमा खेल्ने छ, बार्सा संग लिगमा दुई अंकको अग्रता रहेको छ र सेटिन विश्वास गर्छन कि दबाब रियल म्याड्रिड माथि हुने छ।

“वितेका खेलहरुले अहिले कुनै चीज गणना गर्दैन किनकि हरेक खेल फरक छ,” उनले आफ्नो पूर्व म्याच प्रेस सम्मेलनमा भने।

“यो लिगको नेतृत्वको लागि हाम्रो लागि महत्वपूर्ण खेल हो।

“यो एक महत्वपूर्ण म्याच हो, सायद निर्णायक होईन, तर रियलको लागि यो खेल बढी महत्त्वपूर्ण छ, हाम्रो लागि भन्दा पनि किनकि यदि हामी जित्यौं भने हामी संग पाँच अंकको स्पष्ट अग्रता हुने छ।

“मलाई थाहा छ यो सामन खेल हुने छ जस्मा जे पनि हुन सक्छ ।

“पहिले, म सँधै यी खेलहरू सोफा वा स्टन्डबाट गर्थे । यो धेरैको लागि ठूलो भावनात्मक अंश हो। “हामी सबै आफ्नो टीमको लागि जित्न चाहन्छौं र राम्रो खेल्न चाहन्छौं। यो धेरै विशेष खेल हो।”