‘आजकल वफादारी पाउन गाह्रो छ’

LONDON, ENGLAND - FEBRUARY 27: Mesut Ozil of Arsenal during the UEFA Europa League round of 32 second leg match between Arsenal FC and Olympiacos FC at Emirates Stadium on February 27, 2020 in London, United Kingdom. (Photo by Chloe Knott - Danehouse/Getty Images)

आफु आर्सनलको युरोपा लिग र प्रिमियर लिगको टोलीमा नपरे पछि आर्सनलका स्टार मिडफिल्डर मेसुट ओजिलले आफ्नो निराशा ब्यक्त गरेका छन्।

उनले क्लबमा आफ्नो अवस्था बारे पोस्ट गर्दै क्लबले आफु प्रति वफादारी नदेखाएको आरोप लगाएका छन्। मार्च देखि आर्सनलले उनलाई खेलाएको छैन भने उनि आर्सनलमा सबैभन्दा बढी कमाउने खेलाडी मध्ये एक हुन्।

कोरोना भाइरसको क्लबले तलब कटौती गर्दा उनले सो अनुरोध अस्वीकार गरेका थिए भने सो समय देखि क्लब र उनि बीचको सम्बन्ध केहि नराम्रो बनेको छ।

एक पोस्ट गर्दै उनले सो बारे बोलेका छन्। उनले लेखे “मैले क्लबलाई मेरो वफादारी र निष्ठाको प्रतिबद्ध गर्दै नयाँ सम्झौतामा साइन गरे-मलाई माया लाग्ने क्लब, आर्सेनल, मलाई दु: ख छ कि यो प्रतिफल भएको छैन।आजकल बफादारी पाउन गाह्रो रहे छ।”

“मैले सँधै सकारात्मक रहन प्रयास गर्छु र फेरि टीममा फिर्ता हुने सम्भावना छ भनेर। त्यसैले म अहिले सम्म चुप लागें।

केहि समय अघि उनले चीनले मुस्लिम समुदाय बिरुद्ध गरेको अमानवीय कार्य बारे पनि बोलेका थिए र सो पछि चीन आर्सनल संग क्रोधित पनि भएको थियो र ओजिलको विश्वास छ कि चीन बिरुद्ध बोलेका कारण पनि उनलाई टिमबाट हाताएको हो।

म सकेसम्म राम्रो तालिम लिन जारी गर्छु र जहाँ पनि सम्भव छ मेरो आवाजलाई अमानवीयता र न्यायका लागि प्रयोग गर्नेछु।” उनले लेखे