आजकलको युवा खेलाडीहरूले आलोचना सहन नसक्ने रोनाल्डोको दाबी

म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आजकलको युवा खेलाडीहरूले रचनात्मक आलोचनालाई सकारात्मक प्रतिक्रियाको रुपमा लिन नसक्ने भने गुनासो गरेका छन्। एक अन्तर्वार्तामा कुरा गर्दै उनले युवा खेलाडीहरूले आजकल आलोचना सहन नसक्ने र उक्त कुराले आफ्नो खेल विकास हुन नसक्ने रोनाल्डोले बताए।

रोनाल्डोले प्रिमियर लिग प्रोडक्सन सँग कुरा गर्दै भने, “अनुभवी खेलाडीहरूले सधैँ युवा खेलाडीहरूलाई मद्दत गर्न सक्छन्।

“म तपाईँलाई एउटा उदाहरण दिन सक्छु: यदि मैले तपाईँलाई सल्लाह दिएँ, तपाईँ मभन्दा कान्छो भए पनि र तपाईँले त्यो कुरा दैनिक जीवनमा रोप्नुभएन भने गाह्रो हुन सक्छ।

“मलाई याद छ जब म १८, १९, २० वर्षको थिएँ, केही ठुला खेलाडीहरूले मसँग कुरा गरे र मैले आफूले आफूलाई भने, “क्रिस्टियानो, तिमीलाई थाहा छ तिमीले सुधार गर्नुपर्छ। उनीहरूलाई तिमीभन्दा धेरै थाहा छ, उनीहरू तिमीभन्दा धेरै अनुभवी छन्।” उनीहरूले धेरै नराम्रा क्षणहरू पार गरेका छन्।

‘तर (युवा खेलाडीहरू) तपाईँले आलोचना गर्नुभयो भने उनीहरू स्वीकार गर्दैनन्। म यो हाम्रा खेलाडीहरूको सन्दर्भमा होइन तर सामान्य रूपमा भन्छु। मेरा बच्चाहरू छन्, मलाई थाहा छ। कहिलेकाहीँ जब तपाईँ अलि कडा हुनुहुन्छ, तिनीहरूले उल्टो गर्छन्, तपाईँले तिनीहरूसँग कुरा गर्नको लागि सही सन्तुलन खोज्नुपर्छ।

“तर मेरो विचारमा, मुख्य कुरा यो तपाईँ भित्रबाट आउनु पर्छ। तपाईँले आफैँमा गर्व गर्नुपर्दछ, ऐनामा आफूलाई हेरेर भन्नु पर्छ : “सुन, मैले सबै कुरा दिए। र मलाई लाग्छ कि हामी सबैले त्यसो गर्नुपर्छ। किनकि यो नयाँ वर्ष हो, हामी पृष्ठ परिवर्तन गर्छौँ, हामीसँग जित्न धेरै चीजहरू छन्, हामी त्यसमा विश्वास गर्नुपर्छ, होइन भने त्यो दुःस्वप्न हुनेछ।”