आगामी सिजन देखि आइपिएलमा १० टिम

इन्डियन प्रिमियर लिग क्रिकेटको आउँदो सिजनमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

यसअघि ८ टिम रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्डको
विहीबारको निर्णय अनुसार २०२१ को आईपीएल क्रिकेटमा १० टिमले प्रतिस्पर्धा गर्ने छन्। कोरोना महामारीका कारण यस सिजनको आईपीएल युएईमा भएको थियो ।

फाइनलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा भएको थियो । उपाधी भने मुम्बईले जितेको थियो।