आउँदो युरो कपको सबैभन्दा मूल्यवान स्टार्टिंग एलेवेन

युरो २०२० हाल महामारीको कारण २०२१मा हुँदै छ र हाल सबै फुटबल लिगको अन्त्य हुँदा युरो कपले फुटबल फ्यानहरूलाई फेरी उत्साहित बनाउने छ। जुन ११ देखि युरो कप सुरु हुँदै छ र उक्त प्रतियोगितामा युरोपकै सबैभन्दा उत्कृष्ट टिमहरू हुने छ भने सो टिममा हालका धेरै स्टार खेलाडीहरू रहेका छन्।

सबै सहभागी टोलीहरूले आफ्नो टिम सहभागी टोलीहरूको घोषणा गरेको छ भने युरो २०२०मा धेरै स्टार खेलाडीहरू फ्यानहरूले देख्न पाउने छन्। हाल प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केटले युरो कपको सबैभन्दा मूल्यवान् खेलाडीहरूको सुची तयार गरेको छ।

ट्रान्सफर मार्केटले युरो २०२० खेल्ने खेलाडीहरू मध्ये सबैभन्दा मूल्य वान खेलाडीहरूको स्टार्टिंग एलेवेन तयार गरेको छ र उक्त टिममा फ्रान्सका स्टार किलियन एम्बाप्पे सबैभन्दा मूल्य वान रहेका छन्। उनको मूल्य १६० मिलियन युरो रहेको छ।

उक्त स्टार्टिंग एलेवेनमा अन्य धेरै स्टार खेलाडीहरू छन् र सो स्टार्टिंग एलेवेन तल हेर्नुहोस्:-

GK:- Thibaut Courtois (Belgium)- €60.00m

CB:- Matthijs de Ligt (Netherlands )- €75.00m

RB:- Trent Alexander-Arnold Trent (England)- €75.00m

CB:- Rúben Dias Rúben Dias (Portugal)- €75.00m

LB:- Andrew Robertson (Scotland)- €65.00m

AM:- Kevin De Bruyne (Belgium)- €100.00m

CM:- Frenkie de Jong (Netherlands )- €90.00m

CM:- Joshua Kimmich (Germany)- €90.00m

FW:- Kylian Mbappé (France )- €160.00m

FW:-Jadon Sancho (England)- €100.00m

FW:- Raheem Sterling (Englan)- €90.00m