आउँदो दुई खेलको नतिजाले चेल्सी कोचको भविष्य निर्धारण गर्ने

यो सिजन चेल्सीको निकै खराब फम अझै जारी रहेको छ। प्रिमियर लिगमा आइतबार चेल्सीले टोटेनह्याम विरुद्ध २-०को हारको सामना गरेको थियो भने चेल्सीका कोच ग्राहम पोटर हाल धेरै दबाबमा रहेको बेला आउँदो दुई खेलको परिणामले चेल्सी कोचको भविष्य निर्धारण गर्ने जानकारी छ।

लिगको दसौँ स्थानमा रहेको चेल्सीको टोटेनह्याम विरुद्धको हार लिगमा लगातार दोस्रो हार रहेको छ। गत हप्ता चेल्सी लिगको पुछारमा रहेको टिम साउथेम्प्टन सँग १-०ले हार्न पुगेको थियो।

लगातार हार पछि चेल्सीका फ्यानहरू कोच पोटर सँग खुसी छैनन् र उनलाई बर्खास्त गर्न फ्यानहरूको माग रहेको बेला चेल्सीका मालिक पोटरलाई थप समय दिन इच्छुक रहेका छन् तर आउँदो दुई खेलको नतिजाले चेल्सीका कोच पोटरको भविष्य निर्धारण गर्ने रिपोर्ट छ।

उक्त हार पछि चेल्सी हाल ५ खेलमा जित विहीन रहेको छ भने पछिल्लो १५ लिग खेल चेल्सीले केवल २ खेल जितेको छ।

टोटेनह्याम सँगको हार पछि चेल्सी लिगको १०औँ स्थानमा रहेको छ। २४ खेलमा ८ जित ७ बराबरी र ९ हारको साथ चेल्सीले ३१ अंक जम्मा गरेको छ ।

चेल्सीले अब लिग खेलमा लिड्स युनाइटेडको सामना गर्ने छ भने उक्त खेल पछि चेल्सीले च्याम्पियन्स लिगमा डर्टमन्ड विरुद्ध दोस्रो लेगको खेलमा खेल्ने छ र पहिलो लेगमा १-०ले हार बेहोरेको चेल्सीलाई दोस्रो लेगमा जित्न पर्ने ठुलो दबाब रहेको छ।

उक्त दुई खेल चेल्सीका कोच पोटरलाई धेरै महत्त्वपूर्ण हुने छ र सो दुई खेलको परिणामले कोच पोटरको चेल्सी भविष्य निर्धारण गर्ने रिपोर्ट रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ