आउँदो ट्रान्सफर विन्डोमा यी ६ खेलाडीहरू बेच्ने बार्साको योजना

ला लिगा क्लब बार्सिलोना हाल खराब आर्थिक अवस्थामा रहेको छ र आउँदो ट्रान्सफर विन्डोमा आफ्नो स्थिति केही सुधार गर्न बार्सा सँग राम्रो मौका रहेको छ भने बार्साले सो मौकाको राम्रो प्रयोग गर्ने योजना बनाएको छ। हाल खबर अनुसार जनवरीको ट्रान्सफर विन्डोमा बार्साले आफ्नो ६ खेलाडीहरू बेच्ने योजना बनाएको छ।

खबर अनुसार बार्साले आफ्नो ६ खेलाडीहरू बेच्ने योजना बनाएको छ जसमा शमूएल उम्टिटी, फ्रेन्की डे जोङ्ग, लुक डे जोंग, फिलिप काउटिन्हो, सर्जिनो डेस्ट र डेम्बेले रहेका छन्।

खराब आर्थिक स्थितिको कारण बार्साको खेलमा पनि धेरै असर गरेको छ र खेलाडीहरूको तलब खर्च पनि सो खराब आर्थिक स्थितिको एक कारण रहेको छ र खेलाडी बेचेर बार्साले आफ्नो तलब खर्च कम गर्न सक्छ भने उक्त बिक्रीबाट आएको रकम नयाँ खेलाडी साइन गर्न पनि बार्सा सँग विकल्प हुने छ।

ला लिगा क्लबको खेल पनि हाल धेरै राम्रो हुन सकेको छैन र यो सिजन च्याम्पियन्स लिगबाट युरोपा लिगमा झरेको बार्साले अर्को सिजनको च्याम्पियन्स लिगमा ठाउँ बनाउन राम्रो प्रयास गर्नु पर्ने छ नत्र बार्साले थप आर्थिक सङ्कटको सामना गर्न सक्ने छ।