आउँदो ट्रान्सफर विन्डोमा चेल्सीको बजेट £२४१ मिलियन- यी ३ खेलाडीहरूमा नजर

प्रिमियर लिग क्लब चेल्सीले आउँदो ट्रान्सफर विन्डोको लागि आफ्नो कोच थोमस टुचेलको लागि ठुलो बजेट उपलब्ध गराउने जानकारी छ भने उक्त बजेटको प्रयोग गरी ३ खेलाडी साइन गर्ने टुचेलको योजना रहेको जानकारी छ।

हाल चेल्सी राम्रो फम रहेको छ भने चेल्सी सँग उत्कृष्ट टिम रहेको छ तर पनि आउँदो ट्रान्सफर विन्डोमा चेल्सीले नयाँ थप खेलाडीहरूमा लगानी गर्ने रिपोर्ट छ र खबर अनुसार चेल्सीको नजर जुल्स कौंडे, डेक्लन राइस र फेडेरिको चिएसामा रहेको छ।

२३ वर्षका डिफेन्डर जुल्स कौंडेलाई चेल्सीले थियागो सिल्भा, एन्ड्रियास क्रिस्टेनसेन, सेजर एजपिलिकुएटा र एन्टोनियो रुडिगरको विकल्पको रुपमा साइन गर्ने योजना बनाएको छ उक्त खेलाडीहरू सबैको चेल्सी सम्झौता सिजनको अन्त्यमा समाप्त हुने छ र चेल्सीलाई नयाँ सेन्टर ब्याकको आवश्यकता रहेको छ।

वेस्ट ह्यामका डेक्लन राइस भने चेल्सीको धेरै अगि देखिको चाहना रहेको छ। फ्रैंक लाम्पार्डले उनलाई चेल्सीमा भित्राउन धेरै प्रयास गरेका थिए भने हाल टुचेल पनि उनलाई साइन गर्न इच्छुक रहेका छन्। राइसको फम वेस्ट ह्याममा निकै राम्रो रहेको छ भने वेस्ट ह्यामको प्रदर्शन पनि लिग र युरोप लिगमा धेरै उत्कृष्ट रहेको छ।

२४ वर्षका फेडेरिको चिएसा भने जियेचको प्रतिस्थापनको रूपमा हुने जानकारी छ। जनवरीमा जियेचको अफ्रिकन कप अफ नेसन्स खेल्न मोरक्को राष्ट्रिय टिम सँग हुने छन् र उनी चेल्सीको लागि उपलब्ध हुने छैनन्।