आउँदो ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले यी २ खेलाडीहरुमा प्राथमिकता दिने

हाल सिजनको अन्त्य भए पछि फ्री एजेन्ट बनेका बायर्न म्युनिखका डेभिड अल्बा रियाल म्याड्रिडको टिममा सामेल भएका छन् र उनी रियलको पहिलो ट्रान्सफर बनेका छन् तर रियलको ट्रान्सफर गतिविधि आउँदो ट्रान्सफर विन्डो झन् बढ्ने खबर छ भने रियलको योजना ठुलो खेलाडीहरूलाई भित्राउने रहेको छ। खबर अनुसार २०२१ तिर रियलले किलियन एम्बाप्पे र एडुआर्डो कामाविन्गा साइन गर्न प्रयास गर्ने छ ।

रियल म्याड्रिडले हाल महामारीको कारण गत गर्मीमा धेरै खर्च गरेन। तर रियलले आउँदो ट्रान्सफर विन्डोहरूको लागि योजना बनाएको चर्चा छ जसमा पेरिस सेन्ट-जर्मेनका सुपरस्टार एम्बाप्पे साइन गर्ने योजना रहेको जानकारी छ।

जिदानले क्लब छोडे पछि कोच विहीन रहेको रियलको ट्रान्सफर योजनाहरू जीवित रहेको छ पिएसजीका एम्बाप्पे सँगै रियलको योजनामा रेनेसका कामाविन्गा पनि रहेको खबर छ। रियल आरबी लेइपजिगका स्टार उपमेकानो पनि साइन गर्न इच्छुक रहेको थियो तर जर्मन क्लब बायर्न म्युनिखले रियललाई पछि पार्दै उपमेकानोलाई साइन गरेको छ।

स्पेनिस आउट लेट एएसका अनुसार, २०२१/२२ सिजन अगाडि सो खेलाडीहरू साइन गर्ने रियल म्याड्रिडको योजना छ भने। बोरुसिया डर्टमन्डका स्टार आर्लिङ हालान्ड पनि रियलको योजनामा रहेको खबर छ। उनलाई २०२२ सम्म साइन गर्ने क्लबको योजना रहेको कुरा छ।