आउँदो ट्रान्सफर विन्डोमा २ ठुलो स्टार साइन गर्ने रियल म्याड्रिडको योजना

रियाल म्याड्रिड आउँदो ट्रान्सफर बिँडोहरूमा ठुलो खेलाडीहरूलाई भित्राउने ट्रान्सफर योजना बनाउँदै गरेको खबर छ। खबर अनुसार २०२१ तिर रियलले किलियन एम्बाप्पे र एडुआर्डो कामाविन्गा साइन गर्न प्रयास गर्ने छ ।

रियल म्याड्रिडले हाल महामारीको कारण गत गर्मीमा धेरै खर्च गरेन। तर रियलले आउँदो ट्रान्सफर विन्डोहरुको लागि योजना बनाएको चर्चा छ जसमा पेरिस सेन्ट-जर्मेनका सुपरस्टार एम्बाप्पे साइन गर्ने योजना रहेको जानकारी छ।

जिदान आफ्नो क्लबमा सुपरस्टारहरू भित्राउन चाहन्छन्। एम्बाप्पे सँगै उनको योजनामा रेनेसका कामाविन्गा पनि रहेका छन् उनी आरबी लेइपजिगका स्टार उपमेकानो पनि साइन गर्न चाहन्थे तर जर्मन क्लब बायर्न म्युनिखले रियललाई पछि पार्दै उपमेकानोलाई साइन गरेको छ।

स्पेनिस आउट लेट एएसका अनुसार, जिदान २०२१/२२ सिजन अगाडि सो खेलाडीहरू रियलमा भित्राउन चाहन्छन्। बोरुसिया डर्टमन्डका स्टार आर्लिङ हालान्ड पनि रियलको योजनामा रहेको खबर छ। उनलाई २०२२ सम्म साइन गर्ने जिदानको योजना रहेको कुरा छ।