आउँदो ट्रान्सफर विन्डोमा चेल्सी £२६० मिलियन खर्च गर्न तयार हुने

चेल्सीका मालिक रोमन अब्रामोविच आउँदो गर्मीको ट्रान्सफर विन्डोमा ठुलो खर्च गर्न तयार रहेको खबर छ।

टीएमडब्ल्यूका अनुसार, अब्रामोविच आफ्नो क्लबलाई थप शक्तिशाली बनाउन आउँदो गर्मीमा £२६० मिलियन सम्म खर्च गर्न तयार छन् र चेल्सीलाई लिगको शीर्ष स्थानमा प्रतिस्पर्धा गराउने उनको इच्छा छ।

सिजनको अगाडी लाम्पार्डको नेतृत्वमा चेल्सीले £२०० मिलियन खर्च गरे पनि चेल्सी अझै पनि लिगमा सङ्घर्ष गर्दै छ। नयाँ कोचको रूपमा टुचेल नियुक्ति भए पछि टुचेलको योजनामा लगानी गर्न ब्लुसका मालिक रोमन अब्रामोविच इच्छुक छन्।

खबर अनुसार आउँदो ट्रान्सफर विन्डोको लागि रोमन अब्रामोविचले चेल्सीको £२६० मिलियन बजेट उपलब्ध गराउने छन् र चेल्सीको मुख्य लक्ष्य बोरुसिया डर्टमन्डका स्टार आर्लिङ हालान्ड हुने छन्।

रोमन अब्रामोविच ‘हर हालतमा’ आर्लिङ हालान्डलाई चेल्सीमा भित्राउन चाहन्छन् र आउँदो गर्मीमा चेल्सीले सो प्रयास गर्ने कुरा छ।