आउँदो गर्मीको ट्रान्सफर विन्डोमा बार्साले आफ्नो १४ खेलाडीहरू बेच्ने

आफ्नो टिममा ठुलो परिवर्तन गर्ने बार्सिलोनाको योजना रहेको जानकारी छ। खबर अनुसार आउँदो गर्मीको विन्डोमा बार्सा आफ्नो १४ खेलाडीहरू सम्म बेच्न तयार हुने छ। मुन्डो डिपार्टिभोका अनुसार, बार्सा अर्को सिजनको लागि आफ्नो टिमको “पुनर्निर्माण”को कार्य गर्न तयारी गर्दै छ।

हाल रोनाल्ड कोम्यानको क्लबमा भविष्यको समस्या समाधान हुन सकेको छैन र बार्साका प्रमुखहरू अझै कप्तान र सुपर स्टार लिओनेल मेस्सी सँग सम्झौता विस्तार गर्न कोसिस गरिरहेका छन्। तर बार्साको खराब आर्थिक अवस्थालाई ध्यानमा राख्दै, बार्साले आफ्नो खर्च कम गर्ने योजना बनाएको छ। अर्को सिजन नयाँ खेलाडीहरू साइन गर्न र खर्च कम गर्न बार्सा आफ्नो खेलाडीहरि अफ-लोड गर्न तयार रहेको छ।

बार्साले बेच्न चाहेको १४ मध्ये ७ खेलाडीहरूको नाम खुलेको छ भने अन्य खेलाडीको बारे पछि निर्णय हुने कुरा छ। नेटो, सामुएल उमटिटी, जूनियर फिर्पो, मैथियस फर्नांडिस, मार्टिन ब्रेथवेट, फिलिप काउटिन्हो र मिरालेम प्यानिच केही उच्च प्रोफाइलका खेलाडी हुन् जसलाई बार्सिलोनाले अफलोड गर्ने छ।

ठुलो तलबको कारण बार्साले सामुएल उमटिटी, फिलिप काउटिन्हो र मिरालेम प्यानिचलाई चाडै बेच्ने प्रयास गर्ने जानकारी छ। सर्जियो अगुएरो, जीनी विज्नल्डम र मेम्फिस डिपे जस्तो खेलाडी साइन गर्ने बार्साको नजर रहेको छ र आफ्नो खेलाडी बेचेर नयाँ खेलाडी साइन गर्ने बार्साको योजना रहेको जानकारी छ।