आईसीसी विश्वकप: बंगलादेशसंग अफगानिस्तान पराजित

जारि आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत ३१ औं खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ।

जितसंगै बंगलादेश विश्वकप अंक तालिकाको पाँचौ स्थानमा उक्लेको छ र सेमीफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ। ७ खेलमा बंगलादेशले ३ जित, ३ हार र १ नतिजाविहिन अंकसहित ७ अंकनै बटुलेको छ।

प्रतियोगितामा यस अघि बंगलादेशले वेस्ट इन्डीज र दक्षिण अफ्रीकालाई पराजित गरेको थियो। बंगलादेशले अब भारत र पाकिस्तानसंग गरि २ वटा खेल खेल्न बाँकी रहेको छ।