आईसिसी क्रिकेट विश्वकप लिग २: होम एन्ड अवेको आधारमा नेपालले ३६ एकदिवसीय खेल खेल्ने

अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी ) को हिजो सिङ्गापुरमा सम्पन्न बैठकले अगामी २०२३ मा हुने एकदिवसीय विश्वकपको लागि रोड टु ईन्डिया नाम दिएको विश्वकपको बाटो तय गरेको छ ।

तय गरेको विश्वकपको नयाँ रोडम्याप अनुसार डिभिजन ५ मा रहेका रास्ट्र देखि छनोट चरण पार गर्दै आएका २ टोलि सहित अन्तिम १० टोलिले भारतमा हुने सन २०२३ विश्वकप खेल्न पाउनेछ्न ।

यसैबीच नेपालले भने आईसिसी क्रिकेट विश्वकप लिग २ नाम दिएको छ्नोट प्रतियोगिता खेल्न पाउने भएको छ । आईसिसी क्रिकेट विश्वकप लिग २ प्रतियोगितामा नेपाल सहित युएई , स्कटल्याण्ड र अगामी अप्रेल २०१९ मा हुने डिभिजन २ प्रतियोगिताका शिर्ष ४ टोलि सहित समग्रमा ७ टोलिको सहभागिता रहनेछ ।

७ टोलिको सहभागितामा हुने आईसिसी क्रिकेट विश्वकप लिग २ प्रतियोगितामा कुल १२६ वटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलाईनेछ्न ।सहभागिता सम्पुर्ण ७ रास्ट्रले होम एन्ड अवेको आधारमा अनिवार्य ३६ वटा खेल खेल्नेछ ।

आईसिसी क्रिकेट विश्वकप लिग २ प्रतियोगिता जुलाई २०१९ देखि २०२१ सम्म आयोजना गरिनेछ भने उक्त प्रतियोगितामा खेलिने सम्पुर्ण खेललाई आईसीसीले अन्तर्राष्ट्रिय एक दिवसीयको मान्यता समेत दिने जनाएको छ।

उक्त प्रतियोगिताबाट शिर्ष ३ टोलि टोलि बिश्वकप छनोटमा क्वालिफाई हुनेछ्न । अन्तमा रहेका ४ टोलि भने आईसिसी विश्वकप क्वालिफायरको प्लेअफमा फेरि प्रतिस्पर्धा गर्न पाउनेछ्न । जुलाई २०१९ देखि २०२१ सम्म नेपाल सहित सहभागी ७ रास्ट्रले १२६ ओटा खेल खेल्नेछ्न जसमा प्रत्येक टोलिले ३६ खेल अनिवार्य रूपमा खेल्ने जनाईएको छ ।

सुपर लिगबाट अन्तिममा रहेका ५ टोलि र बिश्वकप लिग २ बाट क्वालिफाई भएका ३ टोलि , आईसिसी विश्वकप क्वालिफायरको प्लेअफबाट आएका २ टोलि सहित १० टोलिले अगामी सन २०२२ मा आईसिसि विश्वकप क्वालिफायर खेल्ने छ्न । आईसिसि विश्वकप क्वालिफायरबाट शिर्ष २ टोलि अगामी सन २०२३ को एकदिवसीय विश्वकपको लागि छ्नोट हुनेछ्न ।